RE
Global College

हैदराबादविरुद्ध चेन्नाईको फराकिलो जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा चेन्नाई सुपर किंग्सले सनराईजर्स हैदराबादलाई फराकिलो अन्तरले हराएको छ। आइतबारको खेलमा चेन्नाईले सनराईजर्स हैदराबाद माथि ७८ रनले हराएको छ। को फराकिलो जित दर्ता गरेको हो।

चेन्नाईले पहिला ब्याटिङ गर्दै २१२ रन बनाएको थियो। लक्ष्य पछ्याएको हैदराबाद १८.५ ओभरमा १३४ रनमा समेटियो । हैदराबादका लागि एईडन मार्क्रमको ३२ रनको इनिङ नै सर्वाधिक रहन पुग्यो । यस्तै हेनरिक क्लासेनले २० रन बनाए भने अब्दुल समादले १९ रन जोडे । अभिषेक शर्मा र नितिश रेड्डीले समान १५(१५ रन जोडे ।

चेन्नाईका लागि तुषार देशपाण्डे एक्लैले ४ विकेट लिए। देशपाण्डेले शीर्ष तीन ब्याटसम्यानलाई आउट गर्दै हैदराबादको लक्ष्य पछ्याउने अभियानलाई फिक्का पारेका थिए। यस्तै मुस्तफिजुर रहमान र मथिशा पाथिरानाले समान २(२ विकेट लिए । रवीन्द्र जडेजा र शार्दुल ठाकुरले १/१ विकेट ।

चेन्नाइका कप्तान रुतुराज गाइक्वाड शतक बनाउनबाट चुकेपनि ५४ बलमा ९८ रनको सानदार इनिङ खेले । डयारिल मिचेलले ३२ बलमा ५२ रन बनाए । यस्तै शिवम दुबेले ३९ रन जोडे ।

हैदराबादका भुवनेश्वर कुमार, नटराजन र जयदेव उनादकटले समान १/१ विकेट लिए ।

जित पछि चेन्नाई ९ खेलमा १० अंक सहित तेस्रो स्थानमा उक्लिएको छ । पराजित हैदराबादको पनि ९ खेलमा १९ अंक नै रहेको छ र नेट रनरेटका आधारमा चौथो छ ।

NECO

Leave Your Comment

Related News