डिजेल र मट्टीतेलको भाउ घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ । नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुनेगरी डिजल, मट्टीतेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ।

भारतबाट पेट्रोल र डिजलको मूल्य घटेर तथा हवाइ इन्धनको भाउ बढेर आएपछि निगमले मूल्य समायोजन गरेको बताइएको छ ।

नयाँ मूल्यसूचीअनुसार डिजल र मट्टीतेलको भाउ प्रतिलिटर २ रूपैयाँले घटाइएको छ भने हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रति एकहजार लिटर ७ अमेरिकी डलरले बढेको छ ।

अब डिजल र मट्टीतेलको मूल्य काठमाडौंमा प्रतिलिटर १५९ रूपैयाँ पर्नेछ भने हवाई इन्धनको आन्तरिकतर्फ प्रतिलिटर १३७ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ १।०४२ डलर पर्नेछ ।

भारतबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार पेट्रोल र डिजलको भाउ लिटरको २ पैसा र २ रूपैयाँ ४५ पैसाले घटेको छ भने हवाई इन्धनमा निगमले इन्डियन आयल कर्पोरेसनलाई प्रतिलिटर १ रूपैयाँ १८ पैसा महँगो तिर्नुपर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार