RE
Global College

आज नेपाल र वेस्ट इन्डिज ‘ए’ को तेस्रो खेल

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिज ‘ए’ बीचको टी२० सिरिज अन्तर्गत आज तेस्रो खेल हुँदैछ। खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा १२:१५ बजे सुरु हुनेछ ।

सिरिज हाल १-१ को बराबरीमा छ । शनिबार भएको पहिलो खेलमा नेपाल ४ विकेटले विजयी भएको थियो। आइतबार भएको दोस्रो खेल वेस्ट इन्डिज ‘ए’ ले जितेको थियो।

यस प्रतियोगितालाई नेपाल टी२० विश्वकपका लागि खेलाडी छनोट गर्ने अन्तिम अवसरको रुपमा उपयोग गर्न खोजिरहेको छ।

विश्वकपको टोली निर्माण गर्ने लक्ष्यसहित २० खेलाडी यसपटक टिममा छन् । पहिलोबाट दोस्रो खेलमा ५ खेलाडी परिवर्तन गरिएको थियो। यस सिरिजमा हालसम्म ४ खेलाडीले खेल्ने मौका पाएका छैनन्।

विनोद भण्डारी, आसिफ शेख, करण केसी र सन्दीप जोराले सुरुवाती दुई खेल खेलेनन् । विनोदबाहेक अन्य ३ विश्वकप खेल्ने टोलीमा पक्का भएकाले विनोदसँगै अन्य खेलाडीले अवसर पाउन सक्छन् ।

NECO

Leave Your Comment

Related News