ग्लोबल आइएमई बैंकले जनायो, प्लास्टिक खपत न्यूनीकरणमा प्रतिबद्धता

Prabhu

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ‘प्ल्यानेट भर्सेस प्लास्टिक’ (प्लास्टिक विरुद्ध पृथ्वी) अभियानमा ऐक्यबद्धता जनाउँदै बैंकभित्र प्लाष्टिकको खपत घटाउँदै वातावरणमैत्री दिगो अभ्यासहरूको अनुशरण गर्ने भएको छ ।

यसै सन्दर्भमा बैंकले आगामी ३ वर्षमा प्लास्टिकको खपत न्यूनीकरण गर्ने प्रतिवद्धता समेत जनाएको छ ।

वातावरणमैत्री पहल बैंकले  कर्पोरेट कार्यालय देखी सबै प्रादेशिक कार्यालयहरूमार्फत मुलुकभरका सम्पूर्ण शाखा कार्यलयहरुमा विस्तार गर्ने जनाएको छ  ।

बैंकले स्थापनाकाल देखि नै प्लास्टिक खपत न्यूनीकरण गर्ने र प्लास्टिक प्रदूषण विरुद्ध सचेतना फैलाउने विभिन्न क्रियाकलापहरु गर्दै आएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार