फोनपेको सेवा नेपालमा प्रदर्शन

Prabhu

काठमाडौं । फोनपे भारतले  काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा युनिफाइड पेमेन्ट इन्टरफेस प्लेटफर्मद्वारा संचालित आफ्ना सेवाहरू प्रदर्शन गरेको छ। कार्यक्रमले, बैंकिङ क्षेत्रका वरिष्ठ प्रतिनिधिहरू, भुक्तानी प्रणालीका प्रदायकहरू, युपीआई भुक्तानी लिने व्यवसायीहरु र व्यापार संघहरूका प्रतिनिधिहरू लगायत नेपाली वित्तीय क्षेत्रका प्रमुख सरोकारवालाहरूलाई एकसाथ ल्याउन सफल भएको छ।

उक्त कार्यक्रमलाई नेपालको सबैभन्दा ठूलो भुक्तानी प्रणाली संचालक Fonepay ले समर्थन गरेको थियो जो नेपाल-भारत क्रस बोर्डर युपीआई (UPI) अन्तरआवद्दताका लागि एनआईपीएल (NIPL) को काउन्टरपार्टी पनि हो। उक्त कार्यक्रममा Fonepay नेटवर्कका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटा द्वारा, नेपालको डिजिटल अर्थतन्त्रको लागि युपीआई को सम्भावनाको बारेमा बिशेष सम्बोधन भएको थियो ।

यसको साथसाथै कार्यक्रममा, नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा क्रस बोर्डर भुक्तानीको प्रभावको बारेमा संलग्न रुपमा प्यानल छलफल भएको थियो। उक्त प्यानलमा कुमारी बैंकका प्रमुख डिजिटल बैंकिङ अधिकृत अनिश ताम्राकार, नेपाल पर्यटन बोर्डका प्रबन्धक श्रद्धा श्रेष्ठ, ईसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्का र विवेक राणा – ICT/MIS कन्सल्टेन्ट् , एसियाली विकास बैंक (एडीबी) जस्ता प्रतिष्ठित प्यानल सदस्यहरु थिए ।

उक्त प्यानल छलफलमा, क्रस बोर्डर भुक्तानी र यसले नेपालको अर्थतन्त्र र वित्तीय क्षेत्रमा पार्ने प्रभावका साथै अन्तर्राष्ट्रिय लेनदेन सहजीकरणमा नियामक अवरोधहरू र अनुपालन (Compliance) मागहरूको बिषयमा चर्चाहरु भएका थिए । सुविधाजनक नगदरहित भुक्तानीहरू मार्फत, नेपालको पर्यटन क्षेत्रमा युपीआई (UPI) को सकारात्मक प्रभावलाई सदुपयोग गर्दै, कसरी समग्र पर्यटकहरुको अनुभवलाई बृदि गर्न सकिन्छ भन्ने बारे प्यानलका सदस्यहरुद्वारा छलफल भएको थियो । यसका साथै , क्रस बोर्डर भुक्तानीहरूले वित्तीय संस्थाहरूको राजस्व प्रवाह र व्यापार मोडललाई कसरी प्रभाव पार्छ भन्ने बारेमा पनि थप अध्ययन भएको थियो। प्यानल सदस्यहरुले सुविधा, अन्तरआवद्दता, सुरक्षा र लागत-प्रभावकारिता जस्ता पक्षहरूमा ध्यान केन्द्रित गर्दै नेपालमा उपभोक्ताका अनुभवमा UPI को प्रभाव बारे छलफल गरे । सेवा नपुगेका साना र मझौला उद्यमीहरूलाई प्रभाव पार्ने वैकल्पिक भुक्तानी विधिहरू मार्फत क्रस बोर्डर भुक्तानीहरूको बृहत् आर्थिक प्रभावहरूको बारेमा पनि उक्त छलफल बाट बाहिर आयो ।

उक्त कार्यक्रमको निरन्तरताको रुपमा PhonePe का कार्यकारी अधिकृत रितेश पाई द्वारा सेवा प्रदर्सनी भएको थियो, जसमा PhonePe को समग्र यात्रा समाबेश गरिएको थियो। उनको प्रस्तुति, युपीआई (UPI) द्वारा संचालित PhonePe ले कसरी भारत भरि भुक्तानीलाई सबै वर्ग माझ एक समान अगाडि बढाएको र एक सम्पन्न प्रणालीलाई बढावा दिदै आएको छ भन्ने बारेमा पनि थियो। सो प्रस्तुतिमा भारतीय पर्यटक र नेपाली व्यापारी दुवैलाई फाइदा हुने समाधानलाई उजागर गरिएको थियो। भारतीय बजारको सफलताको कथासँग समानान्तर चित्रण गर्दै, PhonePe ले यो सफलतालाई नेपालमा कसरी दोहोर्याउन सक्छ भन्ने चित्रण गरेको थियो।

नेपाल भारतीय पर्यटकहरु बीचमा धेरै लोकप्रिय गन्तव्य हो । पर्यटकहरुले अब विभिन्न पर्यटक स्थलहरू, खुद्रा स्टोरहरू, धार्मिक स्थलहरू र अन्य लोकप्रिय स्थानहरूमा भुक्तानी गर्न यु.पी.आई ​​प्रयोग गर्न सक्छन्। प्रयोगकर्ताहरूले नेपालमा Fonepay QR मा ​​दर्ता भएका व्यवसायिक स्थानहरूमा UPI-सक्षम एपबाट क्यु.आर कोडहरू सजिलै स्क्यान गर्न सक्नेछन् । यो सेवा Fonepay को एनपीसीआई (NPCI) इन्टरनेशनल पेमेन्ट्स लिमिटेड (NIPL) सँगको साझेदारी मार्फत सहजीकरण गरिएको हो। यस साझेदारी मार्फत Fonepay ले, भुक्तानी सेवा प्रदायकहरू, अग्रणी बैंकहरू र वालेटहरूमा क्यु.आर कोड-आधारित भुक्तानीहरूलाई सक्षम बनाएको छ र भारतीय यात्रुहरूलाई लेनदेनको लागि युपीआई प्रयोग गर्न सुबिधा दिएको छ।

अब छिट्टै नेपालबाट भारत भ्रमण गर्ने पर्यटकहरुले पनि युपीआई क्युआर कोड स्क्यान गर्न, वालेटमा आधारित एपहरू जस्ता वित्तीय साधनहरू प्रयोग गरी सजिलै भुक्तान गर्न मिल्ने छ ।

PhonePe का प्रमुख कार्यकारी अधिकृत रितेश पाइले भने,’हामी नेपालमा UPI प्लेटफर्मद्वारा सञ्चालित सेवाहरू संचालन गर्न पाउँदा हर्षित छौं। यस समारोहले Fonepay लगायत नेपालको वित्तीय क्षेत्र का प्रमुख सेवा प्रदायकहरु, प्रमुख व्यावसायिक व्यक्तित्वहरू र पर्यटनका प्रतिनिधिहरूलाई एकसाथ ल्याएको छ र नेपालमा यु.पी.आई को सफलताको लागि यो एकताबद्ध भावनाको पनि प्रमाण हो जस प्रति हामी निकै आभारी छौं । भारतीय यात्रुहरुको लागि नेपाल एक प्रसिद्ध पर्यटकीय गन्तब्य हो । युपीआई को साथमा अब भारतीय नागरिकहरुले आफ्नो देशमा झैँ नेपालमा पनि नगदरहित भुक्तानीको अनुभव लिन सक्नु हुनेछ। यसले उहाँहरुको यात्राको अनुभवलाई बढाउनुको साथसाथै डिजिटल लेनदेनलाई पनि प्रोत्साहन दिन्छ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार