राष्ट्र बैंकद्धारा विज्ञसहितको मौद्रिक नीति सल्लाहकार समिति गठन

Prabhu

काठमाडौं । राष्ट्र बैंकले मौद्रिक नीतिबारे सुझाव दिन विज्ञहरू सम्मिलित सल्लाहकार समिति गठन गरेको छ। राष्ट्र बैंकले डेपुटी गभर्नर डा. निलम ढुंगानाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको छ ।

समितिमा राष्ट्र बैंकबाट ३ जना सदस्य छन् भने २ जना बाह्य सदस्य छन् । राष्ट्र बैंकबाट संयोजक डा.निलम ढुंगाना, अनुसन्धान विभागका कार्यकारी निर्देशक डा.प्रकाश कुमार श्रेष्ठ र अनुसन्धान विभागकै निर्देशक सत्येन्द्र सुवेदी रहेका छन् । यसैगरी वाह्य विज्ञहरुमा डा.मणिकलाल श्रेष्ठ र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय अर्थशात्र विभागका प्रमुख सो समितिमा सदस्यको रुपमा रहने व्यवस्था गरिएको छ । समिति गठन हुँदा सो विभागको प्रमुखका डा.शिवराज अधिकारी थिए । अधिकारी समितिमा सदस्य समेत थिए । तर उनी हाल राष्ट्रिय योजना आयोगको सदस्य नियुक्त भएपछि विभागको प्रमुख रिक्त रहेको छ । अब सो विभागको प्रमुख बन्ने व्यक्ति नै मौद्रिक नीति सल्लाहकार समितिमा रहने राष्ट्र बैंकले जनाएको छ । यसका साथै समितिमा अर्थविद्‌ मनिकलाल श्रेष्ठ र केन्द्रीय तथ्यांक कार्यालयका प्रमुख तथ्यांक अधिकारी (नेपाल सरकारका सचिव) तोयम राय समेत रहेका छन्‌।

चालु आर्थिक वर्ष २०८०÷८१ को मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझाव दिन बाह्य विज्ञहरू सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिएको बताएको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा भएको व्यवस्था अनुसार यो समिति गठन गरिएको हो । सो समीक्षामा ु मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गर्नेु उल्लेख थियो।

राष्ट्र बैंकका अधिकारीका अनुसार सो समिति दिर्घकालिन समिति भए पनि निर्णयक समिति भने होइन । यस समितिले सुझाव र सल्लाह मात्रै दिने छ। अन्तराष्ट्रिय जगतमा यस प्रकारको समितिको भुमिका निर्णायक हुने गरेपनि नेपालमा भने समितिको निर्णायक भुमिकाको लागि ऐन नै बाधक रहेकोले गर्दा निर्णयक समिति बन्न नसकेको हो । गत फागुनमा गठन गरिएको यो समितिको बैठक हालसम्म एक पटक मात्रै बसेको छ। समितिको कार कारवाही र अधिकार बारे प्रष्ट पारेर छिटै कार्यविधि बनाउने राष्ट्र बैंकको तयारी छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार