आइएमई लाइफको लाभांश संशोधन

Prabhu

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले प्रस्ताव गरेको लाभांश संशोधन गरेको छ । कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले यस अघि घोषणा गरेको लाभांश संशोधन गरेको हो ।

अब कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

यस अघि कम्पनीले हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ९.५० प्रतिशतले हुन आउने ३८ करोड बराबरको नगद लाभांश गरि कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। तर प्राधिकरणले वितरणयोग्य मुनफाबाट बोनस शेयर दिन पाइने र त्यसको कर प्रयोजनको लागि मात्र नगद लाभांश दिन पाइने व्यवस्था गर्न निर्देशन दिएकोले लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनकिो उक्त संशोधित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि वितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब रहेको छ। २५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार