इनिफनिटी लघुवित्तको खुद नाफा २८० प्रतिशतले बढ्यो

Prabhu

काठमाडौं । इनफिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासिकको वित्तीय विवरण सार्वजनिक गर्दै संस्थाले खुद नाफामा बढेको बताएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा लघुवित्तको खुद नाफा ५ करोड २५ लाख रुपैयाँ पुगेको हो । जुन गत आर्थिक वर्षको सोहि अवधिमको तुलनामा २ सय ८०.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा खुद नाफा १ करोड ३८ लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा कम्पनी सञ्चालन मुनाफा ७ करोड ५१ लाख रुपैयाँ रहेको छ । जुन गत आवको भन्दा २ सय ८५ दशमलव ८६ प्रतिशतले बढी हो । गत आवमा कम्पनी सञ्चालन मुनाफा १ करोड ९४ लाख रुपैयाँ रहेको थियो ।समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १९ करोड ९३ लाख रुपैयाँ रहेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा ३.२५ प्रतिशतले बढी हो । गत आवको सोहि अवधिमा १९ करोड ३० लाख रुपैयाँ रहेको थियो ।

समिक्षा अवधिमा खुद फि तथा कमिशन ५ करोड ७९ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा २२.२६ प्रतिशतले कम हो । गत आवको सोहि अवधमिा ७ करोड ४५ लाख रुपैयाँ थियो । समिक्षा अवधिमा कम्पनीका कुल सञ्चालन आमदानी २५ करोड ७३ लाख रुपैयाँ रहेको छ । जुन गत आवको तुलनामा ३.८५ प्रतिशतले कम हो । गत आवको सोहि अवधिमा २६ करोड ७५ लाख रुपैयाँ रहेको थियो ।
समक्षिा अवधिमा इम्पेरिमेन्ट चार्ज १ करोड ५५ लाख रुपैयाँ रहेको छ जुन गत आवमा ५ करोड ६५ लाख रुपैयाँ रहेको थियो ।
यो सँगै कम्पनीको खराबज कर्जा पनि १४.०४ प्रतिशतबाट घटेर ४.९७ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ३.७० रुपैयाँबाट बढेर १४.१० रुपैयाँ पुगकेो छ । भने मूल्य आम्दानी अनुपात ५४.४४ गुणा, प्रतिशेयर नेटवर्थ १४४.४५ रुपैयाँ, तरलता अनुपात ७.२२ प्रतिशत, पूँजीकोष अनुपात ११.९४ प्रतिशत र प्रतिशेयर कुल सम्पत्तिको मूल्य ११२०.६९ रुपैयाँ रहेको छ ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी ४९ करोड ७४ लाख रुपैयाँ रहेको छ भने रिटेन्ट अर्निङमा चार करोड ४६ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने रिजर्भको आकार १६ करोड ७९ लाख रुपैयाँबाट बढेर २६ करोड ५७ लाख रुपैयाँ पुगको छ । समीक्षा अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा चार करोड ४५ लाख रुपैयाँ ऋणात्मक रहेको छ भने पाँच अर्ब १५ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह र एक अर्ब २७ करोड ७५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार