मिथिला लघुवित्तको नाफा ४१ प्रतिशतले बढ्यो, प्रति शेयर आम्दानीमा पनि सुधार

Prabhu

काठमाडौं । मिथिला लुघवित्त वित्तीय संस्थाका चालु आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमासमा खुद नाफा बढेको देखिएको छ। लघुवित्तले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण अनुसार खुद नाफा ३ करोड ५४ हजार रुपैयाँ छ।

गत आर्थिक वर्ष सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा ४१.५१ प्रतिशतले बढेको हो। गत आवमा लघुवित्तको खुद नाफा २ करोड १२ लाख ३८ हजार रुपैयाँ थियो। अहिले लघुवित्तको खुद नाफा ८८ लाख १६ हजार रुपैयाँ बढेको छ।

खुद ब्याज आम्दानी बढेको र खराब कर्जामा सुधार देखिएकाले लघुवित्तको नाफा बढेको हो।

चालु आवको पहिलो नौ महिनामा लघुवित्तले ९कारेड ६५ लाख ३२ हजार ब्याज आम्दानी गरेको छ। गत आवको सोही अवधिमा यस्तो आम्दानी ७ करोड ३३ लाख ८९ हजार थियो। लघुवित्तको ब्याज आम्दानी ३१.५३ प्रतिशतले बढेको हो।

यस्तै लघुवित्तले अघिल्लो आवको तुलनामा चालु आवमा खराब कर्जा पनि १.०४ प्रतिशत विन्दुले घटाउन सफल भएको छ। ऋहिले लघुवित्तको खराब कर्जा ३.९ प्रतिशत छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा लघुवित्तको ईपीएस ३.८३ रुपैयाँले बढेर २०.४४ रुपैयाँ पुगेको छ।

सो अवधिसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४८.९१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९.४१ रुपैयाँ छ।

१९ करोड ६० लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा १३ करोड ६० लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा लघुवित्तले १ अर्ब ५४ करोड रुपैयाँ सापटी तथा ९७ करोड ९५ लाख रुपैयाँ निक्षेपबाट २ अर्ब ६२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार