सिजिले ल्यायो माइडिया  वाईफाई रेफ्रिजेरेटर, घर बाहिर बाटै कन्ट्रोल गर्न सकिने सुबिधा

Prabhu

काठमाडौं । सीजी इलेक्ट्रोनिक्सले साइड वाई साइड र मल्टी (४ ढोका) भएको माइडिया  रेफ्रिजेरेटर नेपाली बजारमा ल्याएको छ ।  नेपालमा ग्राहकहरुबाट माग  आएकाले  नेपाली बजारमा ल्याएको कम्पनीले बताएको छ ।

कम्पनीका अनुसार यो रेफ्रिजेरेटरमा  आकर्षक, कम्प्याक्ट र फ्लाट बाहिरी डिजाइनका MSmartHome एप मार्फत WiFi कनेक्टिविटी मार्फत स्मार्ट कन्ट्रोलको सुविधा रहेको  कम्पनीले ले जनाएको छ ।   इन्भर्टर क्वाट्रो (inverter quattro) कन्ट्रोल सिस्टम रहेका माइडिया  वाईफाई रेफ्रिजेरेटरले  उर्जाको सहि उपयोग र  बिजुलीको लागत घटाउँदै खानाको लागि लामो समयसम्म ताजापन रहने बताइएको छ  ।

रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अपशनले ग्राहकहरुलाई आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्न सक्ने सुविधा छन । साइड वाई साइड ४८२ लिटर क्षमता र मल्टिडोर ५१९ लिटर क्षमतामा रहेको  कम्पनीले वताएको छ ।  नयाँ प्रविधि जडित यो रेफ्रिजेरेटरमा १० वर्ष सम्मको वारेन्टी कम्पनीले प्रदान गरेको छ ।

कम्पनीका अनुसार नेपाल भर रहेका आफ्ना २५० भन्दा बढी डिलर तथा सोरुमबाट उपभोक्ताले खरिद  गर्न सक्नेछन् ।

माइडिया ब्रान्डका वासिङ मेसिन, वासरड्रायर, माइक्रोवेभ ओभन, एयर फ्रायर, भ्याकुम क्लिनर, इलेक्ट्रिक प्रेसर कुकर, इन्डक्सन, फ्यान हिटर, ओएफआर हिटर, पीटीसी हिटर, फ्यान जस्ता विभिन्न अपलाइन्स नेपाली बजारमा रहेका छन्  ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार