हिमालयन लाइफको मुनाफा ७.९९ प्रतिशतले घट्यो

Prabhu

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स नाफामा गएको छ । कम्पनीले अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ४३ करोड ५४ लाख रुपैयाँ मुनाफा कमाएको छ । गत वर्षको सोहि अवधिको तुलनामा चालु आवको सोहि अवधिमा कम्पनीको नाफा ७.९९ प्रतिशतले कम हो । गत आवको तेस्रो त्रैमासमा कम्पनीले ४७ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीको कुल सम्पत्ति पनि बढेको छ । चालु आर्थिक वर्षको तेस्रो  त्रैमाससम्म आइपुग्दा कम्पनीको कुल सम्पत्ति ७६ अर्ब ११ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा २०.१७ प्रतिशतले कुल सम्पत्तिमा वृद्धि भएको हो । गत आर्थिक वर्षको सोहि अवधिमा कुल सम्पत्ति ६३ अर्ब ५ करोड रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा कुल आम्दानी १६ अर्ब ६९ करोड ६३ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको तुलनामा १०.१४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा १५ अर्ब १५ करोड ८९ लाख रुपैयाँ आम्दानी गरेको थियो । कम्पनीको लगानीमा समेत वृद्धि भएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म ६१ अर्ब ३४ करोड ७६ लाख रुपैयाँ लगानी रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा ५२ अर्ब ९१ करोड ४८ लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै समीक्षा अवधिमा कुल दायित्व ६१ अर्ब ८० करोड रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८.५७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा कुल दायित्व रकम ५२ अर्ब १२ करोड रुपैयाँ थियो ।
कम्पनीको चुक्ता पुँजी भने चालु आर्थिक वर्ष गत आर्थिक वर्षको बराबर रहेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २ करोड रुपैयाँ पुगेको छ । त्यस्तै कम्पनीको ०.९३ रुपैयाँले घटेर प्रतिशेयर आम्दानी (इपिएस) ७.२४ रुपैयाँ कायम भएको छ । प्रतिशेयर नेटवर्थ १ सय २४ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार