२४ प्रतिशतले घट्यो राष्ट्रिय बीमा कम्पनीको नाफा

Prabhu

काठमाडौं । सरकारीस्वमित्वको राष्ट्रिय बीमा कम्पननीको नाफा २४ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको नाफा २४ दशमभलव ८ प्रतिशतले घटेको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५१ करोड ६३ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा भने ६८ करोड ६४ लाख रुपैयाँ नाफा कमाएको थियो ।

नाफा मात्र नभई कुल आम्दानीमा समेत कमी आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल आम्दानी ९२ करोड ८६ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा २३ दशमलव १८ प्रतिशतले कमी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल आम्दानी १ अर्ब २० करोड ८९ लाख रुपैयाँ थियो ।

त्यस्तै कम्पनीको कुल सम्पत्तिमा पनि कमी आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा १९ अर्ब ८९ करोड रुपैयाँ कुल सम्पत्ति रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा २४ अर्ब ५५ करोड रुपैयाँ कुल सम्पत्ति रहेको छ । साथै कुल इक्विटी र कुल दायित्व रकममा समेत कमी आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल इक्विटी १७ अर्ब ५२ करोड रुपैयाँ रहँदा गत आर्थिक वर्षको सोहि अवधिमा २२ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल दायित्व रहक २ अर्ब ३६ करोड रुपैयाँ रहँदा गत आर्थिक वर्षको सोहि अवधिमा २ अर्ब १८ करोड रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार