१ प्रतिशतले घट्दा नेको इन्स्योरेन्सको मुनाफा झण्डै ३८ करोड रुपैयाँ

काठमाडौं । नेको इन्स्योरेन्सको कम्पनीको मुनाफा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा १ दशमलव ७ प्रतिशतले घटेको छ । अपरिष्कृत वित्तीय विवरण अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको मुनाफा ३७ करोड ७४ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा ३८ करोड ३९ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

२ अर्ब १ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको कुल सम्पत्ति भने बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल सम्पत्ति ९ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा १५ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको कुल सम्पत्ति ८ अर्ब ३२ करोड रुपैयाँ रहेको थियो । त्यस्तै गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कम्पनीको कुल दायित्व रकम समेत २० दशमलव ७१ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीका कुल दायित्व रकम ४ अर्ब ७२ करोड रुपैयाँ र गत आर्थिक वर्षको सोहि अवधिमा ३ अर्ब ९१ करोड रुपैयाँ रहेको थियो । कम्पनीको  इक्विटी समिक्षा अवधिमा १० दशमलव २२ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको इक्विटी ४ अर्ब ८५ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको इक्विटी ४ अर्ब ४० करोड रुपैयाँ रहेको थियो ।

त्यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको संचित रकम १० दशमलव ८ प्रतिशतले बढ्दा १ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधमिा १ अर्ब ७५ करोड संचित रकम रहेको छ । संचित रकमा वृद्धि हुदाँ जगेडा कोष ५६ दशमल ५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षमा जगेडा कोषमा ४३ करोड २२ लाख रुपैयाँको रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा २७ करोड ६१ लाख रुपैयाँको रहेको थियो । बीमा कोषमा पनि रकम वृद्धिदर १६ दशमलव १ प्रतिशत रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बीमा कोषमा ३ अर्ब ६२ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षके सोहि अवधिमा ३ अर्ब १२ करोड रुपैयाँ रहेको थियो ।
त्यस्तै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुल बीमा शुल्क आम्दानी ५ प्रतिशतले बढी १ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कुल बीमा शुल्क आम्दानी १ अर्ब ८४ करोड रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा खुद बीमा शुल्क ग्रहण भने ० दशमलव ९ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको खुद बीमा शुल्क ग्रहण १ अर्ब ७ करोड रुपैयाँ र गत आर्थिक वर्षको सोहि अवधिमा खुद बीमा शुल्क ग्रहण १ अर्ब ८ करोड रुपैयाँ रहेको थियो ।
मुनाफामा कमी आएको कम्पनीको खुद दाबी भुक्तानी रकममा पनि समीक्षा अवधिमा ९ दशमलव ५ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ५२ करोड १३ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा ५७ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।त्यस्तै ब्याज आम्दानी भने ३ दशमलव २ प्रतिशतले कमी आएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ब्याज आम्दानी ३२ करोड ११ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा ३३ करोड १७ लाख रुपैयाँ रहेको थियो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा पुर्नबीमा कम्पनीबाट दाबी भुक्तानी रकम २५ करोड ८४ लाख रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ३१ दशमलव ४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा पुर्नबिमा कम्पनीबाट दाबी भुक्तानी रकमम १९ करोड ६६ लाख रुपैयाँ रहेको थियो । कम्पनीको जारी बीमा पोलिस संख्या पनि १ प्रतिशतले घटेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा जारी बीमा पोलिसी संख्या २ लाख ३० हजार ४ सय रहेकोमा गत आर्थिक वर्षको सोहि अवधिमा २ लाख ३२ हजार ६ सय जारी बीमा पोलिसी संख्या रहेको थियो । प्रतिशेयर आम्दानी गत आर्थिक वर्षको तुलनामा ० दशमलव ४३ प्रतिशतले घट्दै चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्रतिशेयर आम्दानी २५ रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा पनि प्रतिशेयर आम्दानी २५ रुपैयाँ रहेको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार