सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको सेयर कारोबार फुकुवा भएको छ । कम्पीले बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार फकुवा गरिदिन अनुरोध गर्दै पत्रचार गरे सँगै सेयर कारोबार फुकुवा गरेको हो ।

कम्पनीले नेप्सेलाई लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुको परिपालन गर्ने प्रतिवद्धता व्यक्त गरेसँगै सेयर कारोबार फुकुवा गरेको जनाएको छ । नेप्सेले कम्पनीलाई धितोपत्र सूचीकरण विनियमावली, २०७५ र सूचीकरण सम्बन्धी सम्झौताका शर्तह्रुको पूर्ण पालना गर्न सचेत गराउँदै रोक्का रहेका धितोपत्रको कारोबार फुकुवाको निर्णय गरेको थियो । नेप्सेल २८ गते सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

नेप्सेले यसअघि कम्पनीको लाभांश परिवर्तनको विषयलाई पटक÷पटक परिवर्तन गरेको भन्दै सेयर कारोबार रोक्का गरेको थियो । कम्पनीले २६ दशमलव ९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ दशमलव ४२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । पछिल्लो समय लाभांश प्रस्तावलाई नेपाल बीमा प्राधिकरणले असहमति जनाउँदै रद्द गर्ने निर्देशन दिएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार