आगामी आर्थिक वर्ष १ हजार घरेलु उद्यमीलाई ब्याज अनुदान दिने घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष १ हजार लघु तथा घरेलु उद्यमीलाई ब्याज अनुदान दिने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

साथै, लघु तथा घरेलु उद्योगहरु एक ठाउँमा मात्रै दर्ता भएर सञ्चालन हुन सक्ने व्यवस्था गरिने बताइएको छ । रैथाने सीप र पेशालाई उद्यममा परिणत गर्न प्रोत्साहन गर्ने नीति लिइने सरकारको नीति कार्यक्रममा उल्लेख छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार