घरजग्गा किन्नेहरुका लागि उदार बन्यो राष्ट्र बैंक

काठमाडौं । घरजग्गा (रियलइस्टेट) प्रति कठोर नीति लिँदै आएको राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत लचिलो नीति लिएको छ । व्यक्तिगत आवासीय घरको कारोबार नहुँदा सुस्त रहेको अर्थतन्त्र चलायमान बनाउन राष्ट्र बैंकले घर किन्नेप्रति लचिलो नीति लिएको हो ।

राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत घर किन्नका लागि बैंकबाट लिने ऋणको सीमा बढाएको छ । यसअघि आफ्नो आम्दानीको ५० प्रतिशत किस्ता हुन आउने गरी बैंकबाट ऋण पाइने प्रावधान रहेकोमा अब भने ७० प्रतिशतसम्म बैंकबाट ऋण पाइनेछ । राष्ट्र बैंकले ऋण आम्दानी अनुपातलाई बढाएर ७०ः३० बनाएको हो ।

यसको अर्थ अब मासिक १ लाख रुपैयाँ कमाउने व्यक्तिले ७० हजार रुपैयाँ किस्ता तिर्नेगरी घर किन्न ऋण पाइन्छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार