सवारी किन्नेलाई सहज, ‘अटो लोन’को जोखिम भार घट्यो

काठमाडौं । राष्ट्र बैंकले सवारीसाधन कर्जाको जोखिम भार घटाएको छ । सवारीसाधन कर्जा दिँदा बैंक तथा वित्तीय संस्थाहरुले १२५ प्रतिशत जोखिमभार राख्नुपर्ने व्यवस्थालाई परिमार्जन गर्दै केन्द्रीय बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षामार्फत १०० प्रतिशतमा झारेको छ ।

यसको अर्थ अब गाडी किन्दा तुलनात्नमक रुमा सस्तो र सहजै ऋण पाइन्छ । विगतमा जोखिमभार १२५ प्रतिशत हुँदा गाडी किन्न कर्जा लिँदा केही महँगो ब्याजदर र प्रकिया अलि लामो हुने गरेको थियो ।

आयात प्रतिबन्ध लगाउँदा सवारी कर्जाको जोखिम भार १५० प्रतिशतसम्म पुगेको थियो । पछि राष्ट्र बैंकले १२५ मा झारेको थियो । अहिले यसलाई पनि परिमार्जन गर्दै १०० प्रतिशत कायम गरेको हो ।

अटो लोनको जोखिम भार घटेसँगै बैंकहरुलाई सवारीसाधन कर्जा प्रदान गर्न सहज भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार