एआई फ्ल्यागशिप अनर म्याजिक६ प्रो नेपाली बजारमा आउँदै

काठमाडौं । अनर म्याजिक६ प्रो नेपाली बजारमा आउने भएको छ। नेपालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर म्याजिक६ प्रो नेपाल बजारमा ल्याउने तयारी भइरहेको जानकारी दिएको छ। अनर म्याजिक६ प्रोले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई(संचालित प्रयोगकर्ता अनुभवहरूमा उन्नति गरेको छ।
६.८ इन्चको एलटीपीओ आई कम्फर्ट डिस्प्ले छ।

अनर म्याजिक६ प्रोमा सुधारिएको फल्केन क्यामरा छ। क्यामराबा ट २.५ एक्स अप्टिकल जुम र १०० एक्स डिजिटल जुसम्मको १८० एमपी टेलिफोटो क्यामरा लेन्स (एफ/२.६, ओआईएस) छ। डिभाइसमा ५० मोगापिक्सले अल्ट्रा वाइड क्यामर (एफ/२.०, ईआईएस) र भेरिबल एपर्चर सहित शक्तिबालाी ५० मेगापिक्सेलको मुख्य क्यामरा छ। क्वालकम एआई इन्जिनले अनर म्याजिक६ प्रोमा एआई सुविधाहरू असाधारण प्रवाह र स्थिरताका साथ समर्थित छन् जुन अघिल्लो मोडलहरूको तुलनामा उल्लेखनीय ९८ प्रतिशत सुधार हो।

डिभाइसमा ५६०० एमएएच क्षमताको ब्याट्री छ। यसको ८० वाट अनर वायर्ड सुपरचार्ज र ६६ वाट अनर वायरलेस सुपरचार्जको साथ, प्रयोगकर्ताहरूले अनर म्याजिक६ प्रोलाई केवल ४० मिनेटमा १०० अनर म्याजिक६ प्रो प्रतिशतसम्म चार्ज गर्न सक्छन्।

अनर म्याजिक६ प्रोकालो र एपी ग्रीन गरि दुइ सुन्दर रंगहरु मा उपलब्ध हुनेछ जसमा एपी ग्रीन भेगन लेदर ब्याकको साथ आउदछ। यो फोन (१२+५१२) जीबी भेरियन्टमा आउँछ र लन्चिङ मिति भने खुलाइएको छैन तर यो २१ मेको लागि प्रि(बुकिङका लागि उपलब्ध हुने चर्चा छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार