एआई फोनः अनर म्याजिक६ प्रोको प्रि-बुकिङ सुरु, मूल्य एक लाख ६० हजार

काठमाडौं । अनर म्याजिक६ प्रोको नेपाली बजारमा प्रि–बुकिङ सुरु भएको छ। पालका लागि अनरको आधिकारिक वितरक सेलट्रोन नेपालले अनर म्याजिक६ प्रो प्रि–बुकिङ २१ मेदेखि ३१ मेसम्म खुल्ला रहने जानकारी दिएको छ।

अनर म्याजिक६ प्रोकालो र एपी ग्रीन  रंगहरु मा उपलब्ध हुनेछ जसमा एपी ग्रीन भेगन लेदर ब्याकको साथ आउँछ। यो फोन (१२+५१२) जीबी भेरियन्टमा उपलब्ध छ। डिभाइसको मूल्य एक लाख ५९ हजार ९९९ रुपैयाँ तोकिएको छ। फोन प्रि-अर्डर गर्ने ग्राहकहरूले २१ हजार ९९० रुपैयाँ मूल्यको HONOR Watch 4 निः शुल्क प्राप्त गर्नेछन् साथै VIP कार्ड पनि प्राप्त हुनेछ जसमा १ वर्षको लागि निःशुल्क सेवाहरू, HONOR मोडेल मा छुट र अन्य धेरै सुविधाहरू (शर्तहरु सहित)समावेश छन् ।

अनर म्याजिक६ प्रोले फोटोग्राफी, डिस्प्ले, कार्यसम्पादन र एआई(संचालित प्रयोगकर्ता अनुभवहरूमा उन्नति गरेको छ।
६.८ इन्चको एलटीपीओ आई कम्फर्ट डिस्प्ले छ।

अनर म्याजिक६ प्रोमा सुधारिएको फल्केन क्यामरा छ। क्यामराबाट २.५ एक्स अप्टिकल जुम र १०० एक्स डिजिटल जुसम्मको १८० एमपी टेलिफोटो क्यामरा लेन्स (एफ/२.६, ओआईएस) छ। डिभाइसमा ५० मोगापिक्सले अल्ट्रा वाइड क्यामर (एफ/२.०, ईआईएस) र भेरिबल एपर्चर सहित शक्तिबालाी ५० मेगापिक्सेलको मुख्य क्यामरा छ। क्वालकम एआई इन्जिनले अनर म्याजिक६ प्रोमा एआई सुविधाहरू असाधारण प्रवाह र स्थिरताका साथ समर्थित छन् जुन अघिल्लो मोडलहरूको तुलनामा उल्लेखनीय ९८ प्रतिशत सुधार हो।

डिभाइसमा ५६०० एमएएच क्षमताको ब्याट्री छ। यसको ८० वाट अनर वायर्ड सुपरचार्ज र ६६ वाट अनर वायरलेस सुपरचार्जको साथ, प्रयोगकर्ताहरूले अनर म्याजिक६ प्रोलाई केवल ४० मिनेटमा १०० अनर म्याजिक६ प्रो प्रतिशतसम्म चार्ज गर्न सक्छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार