CLI
Global College

पहिलो त्रैमासमा नेपाल पुनर्बिमा कम्पनीको घाटा साढे ४७ करोड

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि) को पहिलो त्रैमासमा घटामा गएको देखिएको छ। कम्पनीले सात महिनामा बितेपछि सार्वजनिक चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणमा ४७ करोड ५६ लाख ८३ हजार रुपैयाँ घाटा देखिएको हो।
यस अवधिमा कम्पनीले १ अर्ब ७३ करोड ५२ लाख रुपैयाँ खुद आम्दानी गरेको छ। प्रिमियमबाट कम्पनीले १ अर्ब २८ करोड २० लाख रुपैयाँ आम्दानी गरेको छ।

कम्पनीको कुल खर्च २ अर्ब २१ करोड ८ लाख रुपैयाँ रहेको छ। यस्तै कम्पनीले १ अर्ब ४३ करोड २२ लाख रुपैयाँ प्रिमियम तिरेको छ।

कम्पनी घाटामा जाँदा प्रति सेयर आम्दानी ऋणात्मक ३.७१ रुपैयाँ छ। कम्पनी नेटवर्थ प्रति सेयर १३९.१४ रुपैयाँ छ भने पीई रेसियो पनि ऋणात्मक १६६.७४ रुपैयाँ छ।

Leave Your Comment

Related News