अमेरिकाले बंगलादेशसँगको टी-२० सिरिज जित्यो

काठमाडौं ।  एसोसियट राष्ट्र अमेरिकाले टेस्ट मान्यता प्राप्त बंगलादेशसँगको टी–२० सिरिज जितेको छ।

गएराति भएको खेलमा अमेरिकाले बंगलादेशलाई ६ रनले हरायो । विश्वकप क्रिकेटअघि खेलिएको तीन खेलको टी–२० सिरिजमा लगातार दुई खेल जित्दै अमेरिकाले सिरिज आफ्नो बनाएको हो।

अमेरिकाले दिएको १ सय ४५ रनको लक्ष्य पछ्याएको बंगलादेश ३ बल बाँकी छँदै १ सय ३८ रनमा समेटियो । बंगलादेश कप्तान नजमुल होसेन शान्टोले सर्वाधिक ३६ रन बनाए । अमेरिकाका पेसर अलि खानले ३ विकेट लिए । त्यसअघि टस हारेर ब्याटिङ गरेको अमेरिकाले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । अमेरिकाका लागि कप्तान मोनान्क पटेलले सर्वाधिक ४२ रन बनाएका थिए ।

सिरिजको पहिलो खेलमा अमेरिका ५ विकेटले विजयी भएको थियो । अन्तिम शनिबार हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार