सिटिजन्स बैंकको संचालकमा ईला शर्मा नियुक्त

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलको संचालकमा ईला शर्मा नियुक्त भएकी छन् । उनलाई अध्यक्ष प्रबलजंग पाण्डेले  पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

शर्मा पूर्व निर्वाचन आयुक्त हुन् । उनले त्रिभुवन विश्वविद्यालय बाट पब्लिक इन्टरनेसनल ल एन्ड ह्यूमन राइट्समा एलएलएम र युनिभर्सिटी अफ हल युकेबाट पनि इन्टरनेसनल विजनेस ल, इन्टरनेसनल ट्रेड एन्ड डिभेलपमेन्टमा एलएलएम गरेकी छन्  । उनीसँग अन्तराष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभब रहेको छ  ।

उनी फूड फस्र्ट इन्फर्मेशन एक्शन नेटवर्क  (FIAN)  नेपालको कार्यकारी समितिमा संस्थापक उपाध्यक्ष र साउथ एसियन वुमन इन मिडिया  (SAWM)  को कार्यकारी समितिका साथै साउथ एशिया वाच अन ट्रेड, इकोनमिक्स एन्ड इनभारोमेन्टको कार्यकारी समितिको बोर्डमा पनि काम गरेको अनुभब रहेको छ  ।

सिटिजन्स बैंक इन्टरनेसनल देशैभरी रहेका आफ्ना १९० वटा शाखा, १५३ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ बित्तिय कारोबार गरिरहेको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार