CLI
Global College

नेपाल पुनर्बिमा कम्पनीको सीईओमा सुरेन्द्र थापा

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी (नेपाल रि)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेन्द्र थापा नियुक्त भएका छन्।

कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले थापालाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ। कम्पनीको सीईओ छनौट समितिले सर्टलिष्ट गरेको पाँच जनाबाटछ प्रस्तुतिकरण लिएपछि बोर्डले थापालाई सीईओ नियुक्त गरेको छ।

कम्पनीले सीईओका लागि दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ र श्रीमान कार्कीसँग प्रस्तुतिकरण लिएको थियो। यीमध्ये थापालाई बोर्डले सीईओ पदको लागि नियुक्त गरेको हो।

नियामक स्वीकृतिका लागि कम्पनीले सीईओ थापाको नाम नेपाल बीमा प्राधिकरणमा पेश गरेको छ। नियामकले स्वीकृति प्रदान गरेपछि थापाले कम्पनीको सीईओको रुपमा कार्यभार समाल्नेछन्। थापाले यस अघि अजोड इन्स्यारेन्समा डीसीईओको जिम्मेवारी समालिसकेका छन्। उनीसँग बीमा क्षेत्रको लामो अनुभव छ।

Leave Your Comment

Related News