CLI
Global College

जीवन बीमाले एक महिनामा १ खर्ब २१ अर्ब कमाए, नेपाल लाइफको आम्दानी सबैभन्दा धेरै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुलुकमा रहेको १४ वटा जीवन बीमा कम्पनीहरुले एक महिना (वैशाख)को अवधिमा  १ खर्ब रुपैयाँ भन्दा बढी रकम आम्दानी गरेका छन् । प्राधिकरणका अनुसार १४ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको वैशाखमसान्तमा १ खर्ब २१ अर्ब ४६ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको बताएको छ । यो सँगै बीमा कम्पनीहरुको आम्दानीमा गत वर्षको वैशाखमसान्तको तुलनामा चालु आर्थिक वर्षको वैशाखमसान्तमा ६.६४  प्रतिशतले वृद्धि भएको छ । गत वर्षको वैशाखमसान्तमा बीमा कम्पनीहरुको आम्दानी १ खर्ब १४ अर्ब १० करोड ९७ लाख रुपैयाँ रहेको थियो ।

प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाखमसान्तमा प्रथम जीवन बीमाशुल्क वापत् २४ अर्ब ३३ करोड ५५ लाख रुपैयाँ र नविकरणशुल्क स्वरुप ९७ अर्ब १२ करोड ५८ लाख रुपैयाँ संकलन गरिएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा क्रमशः ४.३२ र ६.९९ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा प्रथम जीवन बीमाशुल्क वापत् २३ अर्ब ३२ करोड ७८ लाख रुपैयाँ र नविकरणशुल्क स्वरुप ९० अर्ब ७८ करोड १८ लाख रुपैयाँ संकलन गरिएको थियो ।

त्यस्तै प्राधिकरणका अनुसार चालु आर्थिक वर्षको वैशाखमसान्तमा कुल जीवन बीमालेखा जारी संख्या १ करोड ३९ लाख ५४ हजार ५ सय ७१ वटा जारी गरिएको छ । जुन गत आर्थिक वर्षको सोहि अवधिको तुलनमा ०.५१ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा १ करोड ३८ लाख ८३ हजार ३ सय ५७ वटा बीमालेखा जारी गरिएको थियो ।

प्राधिकरणका अनुसार १४ वटा बीमा कम्पनीहरु मध्ये सबैभन्दा बढी आम्दानी गर्नेमा क्रमशः नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स, लाइफ इन्स्योरेन्स कर्पोरेशन, हिमालय लाइफ इन्स्योरेन्स लगायतका संस्था रहेका छन् । समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सले ३२ अर्ब ३८ करोड १६ लाख रुपैयाँ, नेशनल लाइफ इन्स्योरेन्सले १४ अर्ब ३३ करोड १४ लाख रुपैयाँ, लाइफ इन्स्योरेन्स कर्पोरेशनले १४ अर्ब २३ करोड ५९ लाख रुपैयाँ, हिमालयन लाइफ इन्स्योरेन्सले १३ अर्ब ५१ करोड रुपैयाँ र सुर्येज्योति लाइफ इन्स्योरेन्सले ७ अर्ब २७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेका छन् ।

त्यस्तै समिक्षा अवधिमा एशियन लाइफले ६ अर्ब ३८ करोड ७० लाख रुपैयाँ, राष्ट्रिय जीवन बीमा कम्पनीले ५ अर्ब ७६ करोड ७१ लाख रुपैयाँ, सिटिजन लाइफले ४ अर्ब ७० करोड १४ लाख रुपैयाँ, सानिमा रिलायन्सले ४ अर्ब ६९ करोड ४२ लाख रुपैयाँ, मेट लाइफले ४ अर्ब ५७ करोड ५४ लाख रुपैयाँ, आइएमइ लाइफले ३ अर्ब ६५ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको छ । त्यस्तै, प्रभु महालक्ष्मी लाइफले ३ अर्ब ४१ करोड ५८ लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले ३ अर्ब ३४ करोड ७५ लाख रुपैयाँ र सन नेपाल लाइफले ३ अर्ब ८ करोड ६९ लाख रुपैयाँ आम्दानी गरेको छ । प्राधिकरणले बीमा कम्पनीहरुको आम्दानी बढ्नुमा आफनो सदस्य थप र नवीकरणलाई जोड दिनु रहेको बताएको छ ।

 

Leave Your Comment

Related News