सरकारले भुक्तानी नदिँदा रोकिएको कृषि तथा पशुपन्छी बीमा पुनः सुरु हुँदै

काठमाडौं । सरकारले भुक्तानी नदिँदा रोकिएको कृषि तथा पशुपन्छी बीमा पुनः सुरु हुने भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहको अग्रसरतामा अवरुद्ध बिमा पुनः सुरु गर्न लागिएको हो।

सरकारले प्रिमियम बापतको रकम भुक्तानी नदिँदा २०८० चैत १ गतेदेखि कृषि तथा पशुपन्छी बीमा अवरुद्ध भएको थियो। प्रिमियम वापतको रकम उपलब्ध नभएको भन्दै बीमा कम्पनीहरुले बीमा कार्यक्रम बन्द गरेका थिए ।

कृषि तथा पशुपन्छी विकास मन्त्री ज्वालाकुमारी साहको अग्रसरतामा अवरुद्ध बिमा पुनः सुरु गर्न लागिएको हो ।

कृषि बीमा सुरु गर्न बिहीबार विभागीय मन्त्री साहको अध्यक्षतामा सरोकारवाला निकायसहितको छलफल भएको थियो । छलफलको क्रममा मन्त्रालयले बीमा प्रिमियम वापतको बक्यौता रकममध्ये केही रकम निकासा गर्ने प्रतिवद्धता जनाएपछि नेपाल बिमक संघ र नेपाल बिमा प्राधिकरण अवरुद्ध बिमा कार्यक्रम पुन सुरु गर्न तयार भएको हो ।

मन्त्रालयले कृषि तथा पशुपन्छी बीमा अन्तर्गतको बीमा लेख वापत प्राप्त गर्नुपर्ने वाली तथा पशुधन बीमा प्रिमियम रकममध्ये ९७ करोड रुपैयाँ तत्कालै उपलब्ध गराउन सहमति भएसँगै बीमा कम्पनीहरु कृषि बीमा पुन गर्न तयार भएका हुन्।

२०६९ माघ १ देखि सञ्चालनमा आएको कृषि वा पशुपन्छीको बीमाको ७५ प्रतिशत प्रिमियम (बीमा गर्दा तिर्नु पर्ने शुल्क) सरकारले नै तिर्ने व्यवस्था छ । यस्तै बाँकी रहेको २५ प्रतिशत वापतको रकम मात्रै किसानले तिर्नुपर्ने व्यवस्था सरकारले गरेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार