टी–२० विश्वकपः नेपालले कति रकम घर ल्याउँछ

काठमाडौं । टी–२० विश्वकप क्रिक्रेटको ९ औं संस्करण अमेरिका र वेस्टइन्डिनमा जेठ १९ गतेदेखि सुरु भएको छ। १० मिलियन अमेरिकी डलर पुरस्कार राशीको यस प्रतियोगितामा नेपाल सहित २० टिमले प्रतिस्पर्धा गरिरहेका छन्। टी–२० विश्वकपको इतिहासमा पहिलो पटक २० टिमले प्रतिस्पर्धा गरिरहेका छन्। यसमा ११ टेस्ट राष्ट्र र ९ एसोसिएट टिमले भाग लिइरहेका छन्।

उक्त कुल पुरस्कार राशी सहभागी टिमको प्रदर्शनका आधारमा बाँडफाड गरिनेछ। प्रतियोगिताको विजेताले ४ मिलियन अमेरिकी डलर पाउने छ। उपविजेता टिमले २ मिलियन अमेरिकी डलर हात पार्ने छ।
सेमीफाइनलमा पराजित हुने दुई टिमले समान ८ लाख अमेरिकी डलर पाउनेछन्।

समूह चरणबाट बाहिरिने टिमले पनि कम्तिमा पनि एक लाख अमेरिकी डलर पाउनेछ। पुरस्कार राशी यति मात्र सिमित छैन। साथै, प्रत्येक टोलीले पहिलो राउन्डमा प्रत्येक जितको लागि ४० हजार अमेरिकी डलर पाउँछ। यसले प्रत्येक खेललाई महत्वपूर्ण बनाउने र प्रतिस्पर्धा लायक बनाउनेछ। आईसीका अनुसार यो टी–२० को सबैभन्दा ठूलो प्रतियोगिता हो। विगतका प्रतियोगिताको तुलनामा २०२४ को प्रतियोगिताको पुरस्कार राशि बढेको छ।

२०२२ को टी–२० विश्वकपको कुल पुरस्कार राशी ५.६ मिलियन अमेरिकी डलर थियो। अघिल्लो संकरणको विजेता इंल्याण्डले १.६ मिलियन अमेरिकी डलर पाएको थियो। यस संकरणको पुरस्कार राशी अघिल्लो संकरणको तुलनामा करिब दोब्बर हो।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार