कामना सेवा विकास बैंक र जय सिद्धबाबा चस्मा पसल बीच छूट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंकले रुपन्देहीको बुटवलस्थित जय सिद्ध बाबा चस्मा पसलसँग सेवा शुल्क छूट सम्बन्धी सम्झौता गरेको छ ।

यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले उक्त चस्मा पसलले प्रदान गर्ने विभिन्न सेवा–सुविधा मध्ये ब्राण्डेड चस्मामा २५ प्रतिशत छूट प्राप्त गर्न सक्नेछन् । ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्ने पनि कम्पनीले बताएको छ ।

यसप्रकारको सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने कम्पनीइले विश्वास लिएको छ ।हाल कम्पनीले आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटीएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत् विभिन्न प्रकारका सेवा सुविधाहरु प्रदान गर्दै आएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार