एक वर्षमा इन्टरनेट सेवा प्रदायकको ग्राहक २६ लाख थपिए, यी हुन् नेपालका शीर्ष २० आईएसपी

काठमाडौं । नेपाल इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट चलाउनेको संख्या वृद्धि भएको देखिएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८० चैत मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार आईएसपीका ग्राहक १ करोड ४२ लाख ८० हजार १८५ पुगेको छ।

प्राधिकरणको तथ्यांक अनुसार ३२ लाख ६७ हजार ७७७ स्थानमा आईएसपीहरुले सेवा प्रदान गरिएको छ। प्राधिकरणका अनुसार एक एउटा फिक्स्ड ब्रोडब्याण्ड सेवा औसतमा ४.३७ जनाले प्रयोग गर्छन्।

गत वर्ष २०७९ चैतमा आईएसपीहरुले २६ लाख ७३ हजार ४७१ स्थानमा सेवा दिएका थिए। उक्त अवधिमा १ करोड १७ लाख ९ हजार २८८ जनाले फिक्स्ड ब्रोडब्याण्ड सेवा उपयोग गर्दै आएका छन्। एक वर्ष अवधिमा फिक्स्ड ब्रोडब्याण्ड सेवा प्रयोग गर्नेको संख्या २५ लाख ९७ हजार ११७ ले बढेको छ।

ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेसन रहेको छ। आईएसपीको कुल २७.५३ प्रतिशत बजार हिस्सा ओगटेको वर्ल्डलिंकसँग ३९ लाख ३० हजार ७२३ ग्राहक छ।

दोस्रो स्थानमा डिस मिडिया नेटवर्क रहेको छ। ११.८ प्रतिशत बजार हिस्सा ओगटेको डिस मिडियासँग १५ लाख ८२ हजार ५३० ग्राहक छ।

भायोनेट कम्युनिकेसन, क्यालासिक टेक, नेपाल दूरसञ्चार कम्पनी र सुबुसी केबलनेटको बजार हिस्सा ९ प्रतिशत भन्दा माथि रहेको छ। यी कम्पनीहरुको बजार सेयरका आधारमा क्रमशः तेस्रोदेखि छौठो स्थानमा छन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार