काठमाडौं । राष्ट्र बैंकले फाइनान्सहरुको खराब कर्जा बढेको बताएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा फाइनान्सहरुको खराब कर्जा १०.४० प्रतिशत रहेको छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई खराब कर्जा ५ प्रतिशत भन्दा कम गर्न निर्देशन दिदै आएको छ तर बैंक तथा वित्तीय संस्थाले त्यसलाई कार्यान्वयन गर्न सकेको छैन ।
चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा फाइनान्सहरुको खराब कर्जा १० अर्ब १० करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा फाइनान्सहरुको कुल निक्षेप १ खर्ब २३ अर्ब ३० करोड रुपैयाँ रहेको छ भने कर्जा ९७ अर्ब २१ करोड रुपैयाँ कर्जा प्रवाह रहेको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी खराब कर्जा समृद्धि फाइनान्स, जानकी फाइनान्स, लगायतका संस्थाहरुको रहेको छ । समृद्धि फाइनान्सको १७.२३ प्रतिशत, श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको २.५५ प्रतिशत, प्रोगेसिभ फाइनान्सको ९.३४ प्रतिशत, पोखरा फाइनान्स ७.९१ प्रतिशत , मल्टिप्रपोज फाइनान्सको ३.४४ प्रतिशत, मन्जुश्री फाइनान्सको ३.९५ प्रतिशत र जानकी फाइनान्सको २८.९१ खराब कर्जा रहेको छ ।
त्यस्तै, समीक्ष अवधिमा आइसीएफसी फाइनान्सको ३.९१ प्रतिशत, गोर्खाज फाइनान्सको १४.५० प्रतिशत, गृह्यश्वरी फाइनान्सको ५.७३ प्रतिशत, गुडविल फाइनान्सको ६.४८ प्रतिशत, सेन्ट्रल फाइनान्सको ९.५७ प्रतिशत, वेष्ट फाइनान्सको ४.३५ प्रतिशत, नेपाल फाइनान्सको ९.२४ प्रतिशत, समृद्धि फाइनान्सको ४.६८ प्रतिशत र श्री इन्भेष्टमेन्ट फाइनान्सको १.९४ प्रतिशत खराब कर्जा रहेको छ । गत वर्षको सोहि अवधिको तुलनामा चालु आर्थिक वर्षमा भने निश्चित फाइनान्सहरुले खराब कर्जा बढेको छ । जसमा समृद्धि फाइनान्स, श्री इन्भेष्मेन्ट फाइनान्स, रिलायन्स फाइनान्स लगायतका संस्थाहरु रहेका छन् ।