एमालेले बनायो ढकालको संयोजकत्वमा पूँजी बजार तथा वित्त बजार संघ

काठमाडौं । नेकपा एमालेले सागर ढकालको संयोजकत्वमा पुँजी बजार तथा वित्त संघ गठन गरेको छ । नेकपा एमालेको जनसंगठन उद्योग तथा व्यवसायी महासंघ ले आफ्नो वस्तुगत संघका रुपमा रहने गरि ढकालको संयोजकत्वमा पूँजी बजार तथा वित्त बजार संघ गठनको घोषणा गरेको हो ।

यसैगरी उक्त संघको उपाध्यक्षमा कृष्ण गिरी, महासचिवमा कुमार पौडेल र कोषाध्यक्षमा बलराम राई चयन भएका छन् । सचिवमा डिल्लीराम पंगेनी चुनिएका छन् ।

सदस्यहरुमा संजिव ढकाल, वीरबहादुर तामाङ, तेजप्रसाद अर्याल, बुद्धिराज ढकाल, राजेश कार्की, दिपक अधिकारी, संगीता तिमल्सिना, सुरज खड्का र प्रकाश भुसाल चयन भएका छन् ।
संघको सल्लाहकारमा राजकुमार तिमिल्सिना, तिलक कोइराला, राधा पोखरेल र धर्म राजसापकोटा चुनिएका छन् ।

यो संघ पूँजीबजार सम्बन्धि एमालेको पहिलो र आधिकारिक संघ हो ।

संघको गठनसँगै अवका दिनमा पुँजी बजारमा देखिएका समस्या समाधानमा शसक्त रुपमा आवाज उठाउने संयोजक ढकालले बताए । यसगरी अहिलेको सरकारले पुँजी र वित्त बजारको समाया समाधान गर्न कुनै पहल नगरेको भन्दै अब संभागत रुपमै समस्या समाधानमा पहल गर्ने प्रतिवद्रता जाहेर गरे ।

यसैगरी महासंघका संयोजक भागिरथ सापकोटाले अवका दिनमा नव गठित ६३ लाख लगानी कर्ताको हितमा काम गर्नुपर्ने बताए । साथै यो संघ पार्टीको आधिकारिक संस्था भएकाले पुंजी वित्त वजार मैत्री नीति नियम बनाउन पार्टीको होक तह र तप्कामा पुगेर पहल गरिने जानकारी दिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार