RE
Global College

सिटिजन्स बैंकद्वारा मोहन्याल कैलालीका विद्यालयलाई सहयोग प्रदान

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मोहन्याल, कैलालीमा अवस्थित श्री भृकुटी माध्यमिक विद्यालय र श्री महेन्द्र माध्यमिक विद्यालयलाई हाल आवश्यक रहेको भौतिक पूर्वाधारका सामाग्रीहरु जस्तै डेस्क, बेन्च र राउन्ड टेबल उपलब्ध गराएको छ । विगत ५५ बर्ष देखी संचालनमा रहेको र करिब एक हजार गरीब, जेहनदार विद्यार्थीहरु अध्ययनरत ती विद्यालयमा भौतिक पूर्वाधारको कमि रहेको हुँदा बैंकले सो सामाग्रीहरु प्रदान गरको हो । बैंकको यो कार्यबाट ती विद्यालयका विद्यार्थीहरुको पठनपाठनमा केही सहजता हुने र उनीहरुले पाउने शिक्षाको गुणस्तरमा समेत वृद्धि हुने विश्वास बैंकले लिएको छ ।

संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ । बैंकले देशैभरी फैलिएका आफ्ना १९० वटा शाखा, १५३ वटा एटीएम र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ४९ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । हाल ५५ जिल्लामा आप्mनो सेवा प्रदान गर्दै आएको बैंकले यसै आर्थिक वर्ष थप ७ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

 

NECO

Leave Your Comment

Related News