अष्ट्रेलियासँग नामिबिया पराजित

काठमाडौं । आईसीसी टी-२० विश्वकप क्रिकेट अन्तरगत अष्ट्रेलियाले नामिबियालाई ९ विकेटले  हराएको  छ ।नामिबियाले दिएको ७३ रनको लक्ष्य अष्ट्रेलियाले ५ दशमलव ४ ओभरमा मात्र १ विकेट गुमाएर पुरा गरेको छ  ।

अष्ट्रेलियाका लागि नटआउट रहँदै ट्रभिस हेडले ३४ र माइकल मार्सले १८ रन बनाए । डेभिड वार्नरले २० रन बनाए ।  नामिबियाका लागि डेभिड वाइसले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमा अलआउट हुँदै ७२ रन जोडेको थियो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार