RE
Global College

३१ अर्बको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात

काठमाडौं । नेपालमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयातको आयात बढ्दो क्रममा देखिएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो १० महिनामा ३१ अर्ब ११ करोड ४ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा देखिएको हो।

गत आर्थिक वर्षको सोही अवधिमा टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स ३० अर्ब ५० करोड ९१ लाख रुपैयाँ बराबरको आयात भएको थियो। टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्सको आयात ६० करोड १३ लाख रुपैयाँ अर्थात २ प्रतिशतले बढेको छ।

नेपालमा सबैभन्दा धेरै टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स चीनबाट आयात हुने गरेको छ। चालु आवको वैशाख मसान्तसम्म चीनबाट २१ अर्ब ७० करोड ३३ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

भारतबाट ८ करोड १९ करोड ५८ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको छ।

अन्य मुलुकबाट एक अर्ब २१ करोड १३ लाख रुपैयाँ बराबरको टेलिकम्यूनिकेसन उपकरण तथा पार्ट्स आयात भएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ।

NECO

Leave Your Comment

Related News