RE
Global College

असार ४ गते चिनियाँ उच्च शैक्षिक प्रदर्शनी हुने

काठमाडौं । काठमाडौंमा एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी आयोजना हुने भएको छ। नेपाल स्थिति चिनियाँ राजदूतावाससँगको सहकार्यमा नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्ले काठमाडौंको बौद्धस्थित होटल हायातमा असार ४ गते एक दिने चिनियाँ उच्च शैक्षिक प्रदर्शनी आयोजना गर्दैछ।

शैक्षिक प्रदर्शनीमा इन्जिनियरिङ, चिकित्साशास्त्र, भाषा, संस्कृति, वाणिज्य, विज्ञान तथा प्रविधि, उड्डय, खेलकुद, कृषि, औषधि लगायत विषय अध्यापन गराउने सामान्य तथा विश्व प्रसिद्ध ३१ वटा चिनियाँ विश्वविद्यालय तथा कलेजहरुले भाग लिने आयोजकले जानकारी दिएका छन्। प्रदर्शनीमा सहभागी ३१ वटै विश्वविद्यालयका स्टलहरु रहने छ।

पछिल्लो रिपोर्ट अनुसार चीनमा १६० वटा देशका ५ लाख भन्दा बढी विद्यार्थीहरु विभिन्न विषयमा अध्ययनरत छन्। प्रत्येक वर्ष चीन सरकारले नेपाल सरकारलाईै विभिन्न विषयमा २०० वटा भन्दा बढी छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ। पछिल्ला दिनमा सरकारी छात्रावृत्ति विद्यार्थी बाहेक सेल्फ फाइनान्सका विद्यार्थीको संख्या बढ्दै गएको जनाइएको छ।

NECO

Leave Your Comment

Related News