CLI
Global College

ज्यान जोखिममा राखेर तुइनबाट वारपार

काठमाडौं । कर्णाली नदीमा हालसम्म नयाँ पक्की पुल बन्न नसक्दा स्थानीय बासिन्दा तुइन चढ्न बाध्यता छन् । पूर्वाधार विकास कार्यालय सिमकोटले लालीबगरमा कर्णाली नदीमाथि पक्की पुल निर्माणका लागि निर्माण कम्पनी छनोट गरेको भए पनि निर्माण कम्पनी पक्षले पुल नबनाउदा खार्पुनाथ गाउँपालिकाका तीन वटा वडाका बासिन्दालाई तुइनमा ओहोरदोहोर गर्न बाध्य छन् ।

खार्पुनाथ गाउँपालिका वडा नम्बर १ र २ लाली, प्युस, गोक्पा, देउखुरी, राया र थाली गाउँका सयौँ बासिन्दाले वारपार गर्ने ठाउँमा तुइन छ, न त पक्की पुल बन्न सकेको छ, न त झोलुङ्गे पुल बन्न सकेको छ ।

स्थानीय वीरसिंह रावलले लालीबगरमा स्थानीयलाई नदी वारपार गर्न तुइन तर्नु पर्दा ज्यान जोखिममा पर्ने गरेको बताए।

उनले भने, “तुइन नतरे ४ घण्टा लामो बाटो हिँड्नुपर्छ । तुइन चढौं, ज्यान कतिबेला कर्णाली नदीमा खस्ला भन्ने डर छ । हाल तुइन भएको क्षेत्रमा यसअघि झोलुङ्गे पुल भए पनि कर्णाली कोरिडोरको सडक निर्माण गर्ने क्रममा विस्फोट गर्दा सो पुल भत्किएको थियो ।

त्यसपछि गाउँपालिका लट्ठा र तुइन दिएर सो स्थानमा तुइन जडान गरिएको हो । उक्त वडाका वडाध्यक्ष चन्द्र रावलले दुई वर्षअगाडि ठेक्का लागेको पक्की पुलको निर्माण कार्य हुन नसक्दा तीन वटा वडावासीले जोखिम मोलेर तुइन तर्नु परिरहेको बताए । पक्की पुल निर्माण गर्न निर्माण कम्पनीले दुई वर्षअगाडि सम्झौता गरेको भए पनि हालसम्म एक प्रतिशत काम सम्पन्न नभएको वडाध्यक्ष रावलले बताए।

गोरखापत्रबाट

Leave Your Comment

Related News