काठमाडौं । गोर्खाज फाइनान्स लिमिटडेले संस्थापक र सर्वसाधारण समूहको विद्यमान सेयर हिस्सा परिवर्तन गर्न लागेको छ । फाइनान्सले विद्यमान सेयर संस्थापक ५७ र सर्वसाधारण समूहको विद्यमान ४२ सेयर हिस्साको अनुपातलाई परिवर्तन गर्न लागेको छ । फाइनान्सले संस्थापक ५७ लाई ५१ र ४२ लाई ४९ को सेयर हिस्साको अनुपात बनाउन लागेको छ । सो सँगै आगामी शुक्रबारसम्म वित्तीय संस्थाको रेकर्डमा संस्थापक सेयरधनी रहेका सेयरधनीहरुको सेयर संरचना परिवर्तन हुने बताइएको छ ।
पूँजी संरचनामा परिवर्तन भए सँगै फाइनान्सले संस्थापक सेयरधनीहरुले आफनो सेयरको बारेमा जानकारी गराउन आग्रह गरेको छ । फाइनान्सबाट सेयर नामसारी (सेयर खरिद बिक्री, घरयासी नामसारी, मृत्यु नामसारी, अंशवण्डा आदि) स्वीकृति लिई सेयर नामसारी गर्न बाँकी रहेका सम्पूर्ण सेयरधनीहरुलाई शुक्रबारसम्ममा सेयर नामसारी गरिसक्न समेत आग्रह गरिएको छ ।
सेयर संरचना परिवर्तनमा आफनो नाममा रहेको सेयर परिवर्तन गर्न नचाहेनले पनि अबको ३५ दिन भित्र कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउन संस्थापक सेयरधनीहरुलाई आग्रह गरिएको छ । कम्पनीले उक्त ५१ र ४९ को अनुपात चैत २ गते सम्पन्न २८ र २९ औं सभामा विशेष प्रस्तावको रुपमा पेश गरी पारित गरेको थियो । उक्त प्रस्ताव राष्ट्र बैंकबाट समेत स्वीकृति गराई कम्पनी रजिष्ट्रारको कार्यालयमा समेत अभिलेख गराइसकेको छ ।