CLI

मनकामना स्मार्ट लघुवित्तको शेयर कारोबार रोक्का

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबार रोक्का गरेको छ ।

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थालाई समता घरेलु लघुवित्त वित्तीय संस्थाले प्राप्ति गर्ने कार्य सम्पन्न भई असार २४ गतेदेखि दुई कम्पनी बीच एकीकृत कारोबार हुन लागेकाले उक्त कम्पनीको कारोबार रोक्का भएको हो ।

साथै नेप्सेले दुबै कम्पनीको कारोबार समता घरेलु लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार शुरु हुने भएकाले धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने रगाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा , ३० बमोजिम मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको शेयर कारोबारअसार २४ गतेदेखि लागू हुने गरी रोक्का गरेको बताएको छ ।

Leave Your Comment

Related News