सिटिजन्स बैंकका ग्राहकले कावासोती अस्पतालमा  छुट पाउने

काठमाडौं ।  सिटिजन्स बैंक इन्टरनेसनका ग्राहकले  नवलपुरमा रहेको कावासोती हस्पिटलले सिटिजन्स बैंकका ग्राहकहरूलाई छुट दिने भएको छ ।

छुट सम्झौता  पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले कावासोती हस्पिटलका सेवा २०% सम्मको छुट पाउनेछन् । यो खालको  सहकार्यबाट बैंकका ग्राहकहरु लभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ  । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटबाट  प्राप्त गर्न सक्नेछन  ।

सिटिजन्स बैंक  देशैभरी आफ्ना १९४ वटा शाखा, १५७ वटा ए.टि.एम. र ९८ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट १७ लाख ६० हजार ग्राहकवर्गलाई बैङ्किं सेवा प्रदान गर्दै आइरहेको छ । ५७ जिल्लामा आफ्नो सेवा प्रदान गर्दै आएको सिटिजन्स बैंकले यसै आर्थिक वर्ष थप ३ शाखाहरु विस्तार गरेर आगामी दिनमा देशको ६० वटा जिल्लामा सेवा प्रदान गर्ने जनाएको छ  ।

 

 

 

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार