RE
Global College

कुमारी बैङ्क “कुमारी परिवार सुरक्षा बचत खाता” को बिमा नीति परिवर्तन

काठमाडौं । कुमारी परिवार सुरक्षा बचत खातामा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको छ । २०८१ साउन १ गते देखि लागु हुने गरी बैंक ले “कुमारी परिवार सुरक्षा बचत खाता” मा प्रदान गर्दै आएको बिमा नीतिमा परिवर्तन गरेको हो ।

परिवर्तित नयाँ नीति अनुसार साउन १ पश्चात सम्पूर्ण खाताहरुमा ग्राहकहरुले स्वास्थ्य बिमा अन्तर्गत अस्पतालमा भर्ना भएरै उपचार गराए बापत बिमा दाबी गर्न पाउने रकम १ लाख पुगेको छ  । यस अघि स्वास्थ्य बिमाको दाबी गर्न पाउने रकम १ लाखमा ८० हजार अस्पताल भर्ना र २० हजार ओपिडि उपचार रहेको थियो ।

साथै दीर्घरोग लागेको खण्डमा खातावाला अथवा खातावालाको श्रीमान/श्रीमतीको समेत रु.१  लाख  सम्मको दाबी गर्न पाईने व्यवस्थालाई परिमार्जित गरि खातावालाई मात्र  लागेको दीर्घरोगको दावी गर्न पाईने भएको छ ।

२०८१ साउन १  बाट खोलिएका खाताहरूमा स्वत नयाँ नीति लागू हुनेछ । भने २०८१ असार ३१ सम्म खोलिएका खाताहरू वा सो मिति अगावै बिमा पोलिसी नवीकरण भएको खण्डमा भने उक्त हालको बिमा पोलिसीको म्याद रहुन्जेलसम्म पुरानै नीति कायम रहनेछ।

ग्राहकले पाउने कुल बिमा रकम २६ लाखमा भने कुनै परिवर्तन भएको  नगरेको बैङ्कले जनाएको छ ।

 

NECO

Leave Your Comment

Related News