सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीको १ लाख ५७ हजार कित्ता संस्थापक शेयर बिक्रीमा रहेको छ। संस्थापक शेयरधनी टेली डाइरेक्ट प्रालिको नाममा रहेको १ लाख ५७ हजार २९८ कित्ता शेयर बिक्रीमा आएको हो ।

बिक्रिमा रहेको संस्थापक शेयर खरिद गर्ने पहिलो प्राथमिकता बिध्यमान शेयरधनी हुने कानूनी ब्यबस्थाका कारण बिध्यमान शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन सक्नेछन् । शेयर खरिद गर्न इच्छुक बिध्यमान शेयरधनीले ३५ दिन भित्र आबेदन मागेको छ

शेयर खरिद गर्न चाहने संस्थापक शेयरधनीहरुले काठमाडौंको थापाथलीस्थित शेयर रजिस्ट्रार एनआईसी एसिया क्यापिटलको कार्यालयमा खरिद आवेदन दिनु पर्नेछ । दिइएको समयभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संघसंस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार