CLI

बुढानिलकण्ठमा माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गर्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा एटिएम तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

बुधबार बिहान अन्दाजी सवा ३ बजे बुढानिलकण्ठ नगरपालिका-३ रूद्रेश्वर चोकस्थित सडक किनार रहेको माछापुच्छ्रे बैंकको एटिएम तोडफोड गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा नुवाकोट घर भई बुढानिलकण्ठ बस्ने ३४ वर्षीय श्यामबहादुर घले र १९ वर्षीय सुजन तामाङ छन्।

तोडफोड गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

उनीहरूबाट एउटा रड पनि बरामद भएको छ। घटनाबारे प्रहरी वृत महाराजगञ्जले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

Leave Your Comment

Related News