CLI
Global College

८ बैंक तथा वित्तीय संस्था परे राष्ट्र बैंकको कारबाहीमा

काठमाडौं । गत आर्थिक वर्षमा राष्ट्र बैंकले ८ वटा बैंक तथा वित्तीय संस्थालाई कारबाही गरेको छ । गत आव २०८०/८१ को चौथो त्रैमासको अवधिमा कानुन विपरित काम गर्ने ५ वटा विकास बैंक र तीन वटा फाइनान्स कम्पनीलाई राष्ट्र बैंक, वित्तीय संस्था सुपरिवेक्षण विभागले कारबाही गरेको हो ।

जसमा विकास बैंक अन्तर्गत कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट, सिन्धु विकास बैंक, एक्सेल डेभलपमेन्ट बैंक रहेका छन् । जसको संचालक, अध्यक्ष देखि सीईओसम्म कारवाहीमा परेका छन् ।

त्यस्तै, वेष्ट फाइनान्स, रिलायन्स फाइनास, प्रोग्रेसिभ फाइनान्स केन्द्रीय बैंकको कारबाहीमा परेका हुन् । केन्द्रीय बैंकको निर्देशन बमोजिम अनिवार्य मौज्दात कायम नगरेको भन्दै राष्ट्र बैंकले कर्णाली विकास बैंकलाई २ हजार ५४६ रुपैयाँ जरिवाना लगाएको छ ।

त्यसै गरी, नारायणी डेभलपमेन्ट बैंकलाई यसअघि ०८० माघ २१ मा गरिएको शीघ्र सुधारात्मक कारबाहीलाई केन्द्रीय बैंकले निरन्तरता दिएको जनाएको छ ।

कर्पोरेट डेभलपमेन्ट बैंकले आफ्नो वासलात तथा नाफा–नोक्सान हिसाबको विवरण राष्ट्र बैंक समक्ष ढिलो पेश गरेको तथा त्यस्तो विवरण सर्वसाधारणको जानकारीको लागि तोकेको समयावधि भन्दा ढिला हुने गरी सार्वजनिक गरेको तथा वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र लेखा परीक्षण सम्पन्न नगरेको र वार्षिक साधारण सभा समेत ढिलो सम्पन्न गरेको भन्दै केन्द्रीय बैंकले सचेत गराएको छ ।

सिन्धु विकास बैंकले सुपरिवेक्षकीय समायोजन पश्चात् संस्थाको न्यूनतम पुँजी कोष अनुपात ३२।९० प्रतिशतले नपुगेको भन्दै केन्द्रीय बैंकले शीघ्र सुधारात्मक कारबाही गरेको छ ।

त्यस्तै, सिन्धु विकास बैंकका अध्यक्ष र सञ्चालक समितिलाई संस्थामा गरिएका हरेक निर्णय व्यवस्थापनको सिफारिसमा गरिएको भनी निर्णयको स्वामित्व लिन नखोजी गैर–जिम्मेवारीपूर्ण तर्क पेश गरेको तथा संस्था सुधारका लागि पटक पटक दिइएका निर्देशनहरू पालना नगरेकोले संस्थाको सञ्चालक समितिका अध्यक्ष, राजेन्द्र कुमार श्रेष्ठलाई राष्ट्र बैंकले ५ लाख नगद जरिवाना गरेको छ ।

त्यस्तै, एक्सेल डेभलेपमेण्ट बैंकलाई राष्ट्र बैंकले वार्षिक वित्तीय विवरण आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्र लेखा परीक्षण सम्पन्न नगरेको र वार्षिक साधारण सभा समेत ढिलो सम्पन्न गरी विद्यमान कानुनी तथा यस बैंकको नियामकीय व्यवस्थाहरू उल्लङ्घन गरेको भन्दै सचेत गराएको छ ।

Leave Your Comment

Related News