RE
Global College

प्राइम बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने

काठमाडौं । प्राइम कमर्सियल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र ल्याउने प्रक्रिया अगाडि बढाएको छ। बैंकले नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै ऋणपत्र ल्याउन अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ भएको ‘प्राइम बैंक डिबेन्चर–२०९१’ नामक ऋणपत्र जारी गर्नेछ। जसमध्ये १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइको सार्वजनिक निष्कासन गरिनेछ।

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ताले वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन्।

प्राइम बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।

NECO

Leave Your Comment

Related News