RE
Global College

राष्ट्र बैंकका कार्यकारी निर्देशक र निर्देशकको सरुवा

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्ना कार्यकारी निर्देशक र निर्देशकहरुको विभाग परिवर्तन गरिएको छ। राष्ट्र बैंकको मानव संसाधन व्यवस्थापन विभागले साउन १३ गते आइतबार दुई/दुई कार्यकारी निर्देशक र निर्देशकहरुलाई सरुवा गरेको छ।

भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई आर्थिक अनुसन्धान विभागमा सरुवा गरिएको छ।

आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ राष्ट्रिय योजना आयोगको सदस्यका रुपमा नियुक्त भएका छन्। श्रेष्ठको ठाउँमा भट्टलाई सुरुवा गरिएको हो।

संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका निर्देशक विनोदराज आचार्यलाई भुक्तानी प्रणाली विभागमा सरुवा गरिएको गरिएको छ।

यस्तै मानव संसाधन व्यवस्थापन विभागका निर्देशक विनोदराज लेखकलाई संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागमा सुरुवा गरिएको छ।

NECO

Leave Your Comment

Related News