CLI
Global College

माछापुच्छ्रे बैंकको नाफा घट्यो

काठमाडौं ।माछापुच्छ्रे बैंकको खुद नाफा घटेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा खुद नाफा घटेको देखिएको हो।

गत आर्थिक वर्षको चौथो त्रैमाससम्म बैंकले १ अर्ब २५ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ६२ करोड ५५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको नाफा ३७ करोड ५३ लाख रुपैयाँले अर्थात २३.०९ प्रतिशतले घटेको छ।

खुद ब्याज आम्दानी र गैर सञ्चालन आम्दानीमा गिरावट आउँदा बैंकको खुद नाफा घट्न पुगेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। बैंकको प्रतिशेयर आम्दानी ५.९ रुपैयाँले घटेर १०.७६ रुपैयाँमा झरेको छ। गत आवमा बैंकको प्रतिशेयर नेटवर्थ १४८.८० रुपैयाँ र मूल्य आम्दानी अनुपात १८.५९ गुणा रहेको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा भने ४६ करोड ६४ लाख रुपैयाँ रहेको छ।

Leave Your Comment

Related News