RE
Global College

सिद्धार्थ बैंकको नाफा १५ करोडले घट्यो

काठमाडौं । सिद्धार्थ बैंकको नाफा घटेको छ। बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणमा नाफा घटेको देखिएको हो।

गत आर्थिक वर्ष बैंकले ३ अर्ब १ करोड ५५ रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्ष बैंकको खुद नाफा ३ अर्ब १६ करोड ६७ लाख रुपैयाँ थियो। समीक्षा अवधिमा बैंकको नाफा १५ करोड १२ लाख रुपैयाँ अर्थात ४.७८ प्रतिशतले घटेको छ।

ब्याज आम्दानी घटेका कारण बैंकको नाफा घटेको हो।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १.७ रुपैयाँ घटेर २१.४० रुपैयाँमा झरेको छ। बैंकको प्रतिशेयर नेटवर्थ १९६.३६ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.२२ गुणा रहेको छ। बैंकको वितरणयोग्य मुनाफा ३६ करोड ६६ लाख रुपैयाँ रहेको छ।

NECO

Leave Your Comment

Related News