CLI
Global College

गरिमा विकास बैंक द बेस्ट बैंक इन एसेस्ट क्वालिटी अवार्डबाट सम्मानित

काठमाडौं । गरिमा विकास बैंक इन एसेस्ट क्वालिटी अवार्डबाट सम्मानित भएको छ ।

भारतीय चेम्बर अफ कमर्सद्धारा भारतको नयाँ दिल्लीमा आयोजित सेकेन्ड इर्मरजिङ एसिया बैंकिङ कनक्लेभ एण्ड अवार्ड गरिमा विकास बैंक लिमिटेड द बेस्ट बैंक इन एसिस्ट क्वालीटी अवार्डबाट सम्मानित भएको छ ।

उक्त प्रतिस्पर्धामा बिम्स्टेक देशहरु नेपाल, भारत, बंगलादेश, श्रीलंका, भुटान र म्यानमारका बैंक तथा वित्तीय संस्थाहरुको सहभागिता रहेको थियो ।

कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहेका बैंक तथा वित्तीय संस्थाहरुले प्राप्त गर्ने उक्त अवार्डको प्राप्तिसंगै गरिमा विकास बैंकले प्रवाह गर्ने कर्जा तथा अन्य लगानीको गुणस्तर उत्कृष्ट रहनुका साथै सुरक्षित समेत रहेको संकेत विकास बैंकले महशुस गरेको बैंकले बताएको छ ।

कार्यक्रममा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र ट्रान्जेक्सन बैंकिङ ईकाई प्रमुख नकुल पौडेलको उपस्थिति रहेको थियो ।

Leave Your Comment

Related News