RE
Global College

स्टार माइक्रो इन्स्योरेन्सको आईपीओ आउँदै, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयरहरु (आईपीओ) प्रति शेयर मूल्य रु. १००/– को दरमा सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।

न्यून आय भएका एवं पिछडिएका क्षेत्रका वासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई निर्जीवन लघु बीमा सेवा पुर्‍याउने लक्ष्य लिई यस स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लि. मिति २०७९ पुस १४ गते ा दर्ता भइ मिति २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी देशका विभिन्न स्थानहरुमार्फत लघुु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।

२०८१ भदौ ९ मा गरिएको उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिला र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरिएको छ ।

NECO

Leave Your Comment

Related News