CLI
Global College

नेपाल माइक्रो इन्स्योरेन्सले पायो केयर एनपि डब्बल बी माइनस रेटिङ

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्सले (आईपीओ) निष्काशन प्रयोजनका लागि रेटिङ डब्बल बी माइनस पाएको छ । रेटिङ एजेन्सी केयर रेटिङ नेपालले रेटिङ प्रदान गरेको हो।

कमप्नीले  जारी पूँजीको ३० प्रतिशत साधारण शेयर निष्काशन गर्न रेटिङ गराएको हो । कम्पनीले आइपिओ निष्काशनका लागि एनआइएमबि एस क्यापिटल बिक्रि प्रबनधक नियुक्त गरेको छ । कम्पनीको चुक्ता पूँजी ५२ करोड ५० लाख रूपैयाँ रहेको छ । साधारण शेयर जारी गरेपछि चुक्ता पूँजी ७५ करोड रूपैयाँ पुग्नेछ  ।

कम्पनीले २०८० साउन १ गतेदेखि कारोबार शुरू गरेको हो । प्रारम्भिक अवस्थामा उच्च व्यवस्थापन खर्च र जोखिमाङ्कन घाटाका कारण कारोबार घाटा भएपनि पूँजी लगानीवापत प्राप्त प्रतिफलका कारण नाफा कमाउन सफल भएको छ । गत आवमा यो कम्पनीले २९ लाख ५० हजार रूपैयाँ नाफा आर्जन गरेको छ । ७५ करोड जारी पूँजी रहेको यो कम्पनीले कुल ४८ करोड ४० लाख रूपैयाँ लगानी गरेको छ ।

इन्स्योरेन्सले निकट भविष्यमा गर्न सक्ने कारोबारमा विविधिकरण सहितको आकार विस्तार र गुणस्तरिय लगानीको अवस्थाले रेटिङलाई प्रभावित पार्नेछ । न्यूनत्तम नियामकीय पूँजी, सोल्भेन्सी अनुपातले पनि रेटिङ पुनर्विचारका क्रममा प्रभाव पार्ने केयर रेटिङले विज्ञप्तीमा उल्लेख गरेको छ ।

कम्पनीले  गत आर्थिक वर्षमा खुद बीमाशुल्कवापत १० करोड ३० लाख रूपैयाँ आर्जन गरेको थियो । योमध्ये ९४ प्रतिशत आम्दानी मोटर बीमावापत प्राप्त गरेको छ । बाँकी ६ प्रतिशत सम्पत्ती, सामुद्रिक र विविध बीमाबाट आर्जन गरेको केयर रेटिङले उल्लेख गरेको छ।

सीमान्तकृत वर्गमा लघु बीमाको पहुँचका लागि बीमकको इजाजत पाएको यो   प्रधान कार्यालयसमेत १० वटा शाखा र २ वटा उपशाखा सञ्चालनमा ल्याएको छ । यसबाहेक गत असार मसान्तसम्ममा १७ वटा अभिकर्ता  नियुक्त गरेको छ। यसको शाखा कार्यालयहरू सात मध्ये पाँच वटा प्रदेशमा छरिएर रहेका छन्। लघु बीमा व्यवसायका लागि बैंक, वित्तीय संस्था, विद्यालय, गाडी बिक्रेता, स्वास्थ्य संस्था र सहकारी संस्था समेत १८ वटा संस्थासँग समझदारी गरेको छ।

 

Leave Your Comment

Related News