CLI

पहिलो महिना जीवन बीमा कम्पनीको व्यवसाय साढे १८ अर्ब, कसको कति ?

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को महिनामा जीवन बीमा कम्पनीहरूले साढे १८ अर्ब रुपैयाँ बढी बीमा शुल्क संकलन गरेका छन् । सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले चालु आवको साउनमा १८ अर्ब ५३ करोड ७९ लाख ६९ हजार रुपैयाँ बीमा शुल्क संकलन गरेको बीमा प्राधिकरणको तथ्यांकमा देखिन्छ ।

साउनमा जीवन बीमा कम्पनीहरुले ३ लाख २२ हजार ७६८ वटा बीमा लेख मार्फत उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।

साउनमा प्रथम बीमा शुल्क २ अर्ब ५५ करोड ५६ लाख रुपैयाँ रहेको छ भने वैदेशिक रोजगार बीमाशुल्क २४ करोड ७२ लाख रुपैयाँ रहेको छ ।

प्राधिकरणको तथ्यांक अनुसार साउनमा सबैभन्दा बढी बीमा शुल्क नेपाल लाइफ इन्स्योरेन्सले संकलन गरेको छ । नेपाल लाइफले ५ अर्ब ७१ करोड ६ लाख ३५ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । चालु आवको पहिलो महिना सबैभन्दा कम बीमा शुल्क राष्ट्रिय जीवन बीमा कम्पनीले संकलन गरेको छ। कम्पनीले ५९३ बीमा लेख जारी गरेर ४६ करोड ८८ लाख १९ हजार रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

यस्तै बीमा शुल्क संकलन गरेको आधारमा दोस्रो स्थानमा नेशनल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले एक महिनामा २ अर्ब २६ करोड ५४ लाख ४० हजार रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

तेस्रो स्थानमा रहेको लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले पहिलो महिनामा २ अर्ब ७ करोड ८० लाख ९३ हजार रुपैयाँ बीमा शुल्क संकलन गर्न सफल भएको छ ।

साउनमा एशियन लाइफले ९२ करोड ७३ लाख रुपैयाँ, सिटिजन्स लाइफले ७६ करोड ४१ लाख, सुर्यज्योति लाइफले १ अर्ब १२ करोड ९३ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

यस्तै आइएमई लाइफ इन्स्योरेन्सले ५४ करोड २७ लाख, सन नेपाल लाइफको ४४ करोड ८७ लाख, रिलायबल नेपाल लाइफले ४९ करोड ९७ लाख, सानिमा रिलायन्स लाइफले ६७ करोड ५९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

साथै मेट लाइफले ५० करोड ५५ लाख, हिमालयन लाइफ इन्स्योरेन्सले १ अर्ब ९३ करोड ३८ लाख रुपैयाँ र प्रभु महालक्ष्मी लाइफले ५८ करोड ७४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ ।

सञ्चालनमा रहेका तीन लघु जीवन बीमा कम्पनीहरुले चालु आवको साउनमा ३ करोड ७० लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्। गार्डियन माईक्रो लाईफले १ करोड ८८ लाख, क्रेष्ट माईक्रो लाईफले १ करोड २९ लाख र लिबर्टी माईक्रो लाईफले ५१ लाख रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।

Leave Your Comment

Related News